एउटा समुदायविरुद्ध अर्कोलाई लडाउने कार्य बन्द गरौ : यादव

कपिलवस्तु, पुस २ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गत मंसिर १४ गते सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव पूर्ण नभएको बताउनु भएको छ ।

कपिलवस्तुको पकडीमा आज आयोजित कार्यकर्ता भेलालाई संबोधन गर्दै अध्यक्ष यादवले संसोधन प्रस्ताव पूर्ण नभएका आफुहरुले थप परिमार्जन गर्न माग गरेको बताउनु भयो ।

उहाले संविधान संशोधनको प्रस्तावले मधेसी, मुस्लिम, थारु, अदिवासी जनजातिको अधिकार प्राप्त नहुने बताउनु भयो ।

समाजवादी फोरमका केन्द्रीय सदस्य सहासराम यादवले एमालेले एउटा समुदायविरुद्ध अर्कोलाई लडाएर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरिरहेको आरोप लगाउनु भयो ।
उहाले परिवर्तनविरुद्ध उभिएकोे एमालेको गतिविधि अत्यन्तै आपत्तिजनक र विखन्डनकारी रहेको भन्दै त्यस्तो कार्य बन्द गर्न पनि आग्रह गर्नुभयो ।

शनि, पुस २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया