मधेसीलाई अधिकार दिने नाममा पश्चिीमेलीको नखोसियोस् : पौडेल

विराटनगर ,२ पुस ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको उत्पन्न गतिरोधलाई अन्त्य गर्न प्याकेजमै दलीय सहमती हुनपर्नेमा जोड दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सन्चारकर्मीसँग कुरा गर्दै उहाले असन्तुष्ठ पक्षको जायज माग संबोधन गरि प्रदेश विभाजनका बिषयमा भईरहेको आन्दोलनको अन्त्य गर्न मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्ने बताउनु भयो ।

संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका दल र मधेसी मोर्चाबीच स्थानीय निकायको निर्वाचनका साथै संविधान संशोधनको विषयमा सहमति भएमात्र मुलुकले निकास पाउने उहाको भनाई छ ।

मधेसका मुद्धा संबोधन गर्न भन्दै ल्याईएके संविधान संशोधन प्रस्तावका कारण पश्चिम नेपालका रोल्पा, प्यूठान लगायतका जनताको भावनामाथि समेत ठेस पुगेकाले ती सबै बिषयमा निर्णयक छलफल र सहमती आवश्यक रहेको पौडेलले बताउनु भयो ।

नेता पौडेलले पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनमा कतिपय पहाडी जिल्लाका बासिन्दालाई चित नबुझेको र तराईका आठ जिल्लाको प्रतिवेदनसमेत नआएको अवस्थामा पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने धारणा राख्नुभयो ।

शनि, पुस २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter