काग्रेसले जस्तो सुकै अप्रिय निर्णय लिन सक्छः सिंह

काठमाण्डौं, पुष २ । 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले नेपालको संविधान र शासन ब्यवस्था जोगाउन कांग्रेस जस्तोसुकै अप्रिय निर्णय लिन पनि तयार रहेको बताउनु भएको छ ।

गणेशमान सिह केन्द्रले आज आयोजना गरेको सम्मान कायक्रममा बोल्दै नेता सिंहले शासन व्यावस्था र संबिधानका बिषयमा कसैसँग सम्झौता नगर्ने पनि स्पष्ठ पार्नुभयो ।

असन्तुष्ठ पक्षको माग संबोधनका  लागि  संबिधान संसोधन गर्न खोजीएको भन्दै उहाले सबैलाई मिलाएर अभि बढ्नुको विकल्प नभएको बताउनु भयो ।

कांग्रेस नेतृत्वमा जारी भएको संबिधान कार्यान्वयनका लागि पनि काग्रेसले नै अग्रसरता देखाउने उहाको भनाई छ ।

पार्टी भित्रका शिर्ष नेता नै अस्वभाविक अभिव्यात्ति दिएर हिड्नु गलत भएके भन्दै उहाले पार्टी सभापति शेरबहादुर देउवालाई त्यसतर्फ सजग रहन पनि आग्रह गर्नुभयो ।

कायक्रममा कांग्रेसका पुरान नेताहरु मार्सल जुलुम साक्य ,ओमकार श्रेष्ठ , श्यामलाल श्रेष्ठ लगायत लाई समान गरिएको थियो ।


यसैबिच भोलि बिहान ८ बजे जाउलाखेलमा गणेशमान सिहको पुर्ण कदको सालिक अनावरण गरिने भएको छ ।

शनि, पुस २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter