संक्रान्तिबजारका अग्नी पिडितलाई राहत वितरण गरिदै, क्षतिको विवरण संकलन कार्य जारी

तेह्रथुम ,२ पुस ।

तेह्रथुमको आठराईस्थित संक्रान्ती वजारका अग्नी पिडितलाई आज जिल्ला दैवी प्रकोप उद्धार समितिले राहत वितरण गर्दै छ ।

हिजो भएको आगलागिबाट बिस्तापित बनेक करिब ५० भन्दा बढी परिवारलाई प्रति परिवार १७ हजार बराबरको खाध्य सामग्री वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले जानकारी दिनुभयो ।

उद्धार समितिले पीडीतलाई स्थानिय त्रिमोहन माविमा बसोबास र खानाको व्यावस्था गरेको छ ।

यस्तै नेपाल रेडक्रस सोसाईटिले पनि आजै राहत सामग्री वितरण गर्दै छ । तेह«ङथुम उद्योग वाणिज्य संघले भने क्षतिको अनुपात हेरी नगदै राहत वितरण गर्ने जनाएको छ ।

आगलागीबाट ३२ घर जलेर नष्ठ हुदा ५० भन्दा बढी परिवार बिस्थापित भएका छन् ।प्रहरीका अनुसार ती घरमा डेरा गरि बस्ने २७ परिवारको पनि बिचल्ली छ ।

यस्तै आजैदेखि आगलागिबाट भएको क्षतिको विवरण संकलनको काम पनि सुरु भएके प्रहरीले जनाएको छ ।

शनि, पुस २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter