भारतसँग सिमाका मुद्धा समाधानको पहल सुरु भयो : महत

वीरगन्ज, पुस १ ।
पराराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतसँग जोडिएका सीमा क्षेत्रका मुद्दा समाधान गर्न औपचारीक पहल थालिएको बताउनु भएको छ ।

वीरगन्जमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले सिमा क्षेत्रका मुद्धा र यसअघि सम्झौताहरु दुरुस्त कार्यान्वयन गर्नकानिम्ति औपचारिक पहल थालिएको बताउनु भएके हो ।
सीमावर्ती मुद्दाहरुलाई एक पछि अर्को गरेर बुँदागतरुपमा भारतीय पक्षसँग छलफल गरी समाधान गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

गन्डक तथा महाकाली सम्झौतालाई कार्यान्वयनमा ल्याउन पहल भईरहेको पनि उहाले जानकारी दिनुभयो ।

शुक्र, पुस १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter