धोकेबाज , पापी पुरुष !

रत्नपार्कबाट भोटाहिटी तिर जाने फ्लाईओभरमा दिउसोको २ बजे एक युवती फोन चलाउदै वरतिर परतिर कुदिरहेकी थिईन् । सिता शर्मा ( नाम परिवर्तन ) एउटा फोन लगाउदै थिईन् तर जतिपटक फोन लगाए पनि उनले सम्पर्क गर्न खोजेको नम्बरको मोबाईल स्वीच अफ् भए पछि उनी छट्पटाईरहेकी थिईन् ।
सिता निकै कालो निलो हुदै थिईन् , अनुहार कसैसगँ पनि जुधाएकी थिईनन् । यद्यपि, पुलबाट बिहान देखि बेलकी सम्म नै धेरै मानिसहरु ओहोर दोहोर गरीरहेका थिए । केही साना पसल पनि थिए ।
रातो स्वेटर र निलो जिन्स पेन्ट लगाएकी सिता उमेरले २३ वर्षकी थिईन् । उनको यो छटपटि र पीडा सुन्न कोही तयार थिएनन् । उनी त्यो पुलमा भेटेर भद्रकाली मन्दिरमा गएर सिन्दुर लगाएर बिबाह बन्धनमा बाधिन आएकी थिईन् । बिहान ७ बजे सम्म त उनलाई वर्षौको प्रेम सम्बन्ध बिबाहमा बाधिने भएकाले खुसी थिईन् ।
तर जब ८ बजे आउने भनेको आफ्ना प्रेमी रमेश फोन स्वीच अफ् गरेर भागे , सम्पर्कमा आएनन् तर उनले दिउसो दुई बजे पछि त साले पापी , धोकेबाज भन्दै मन खिन्न पार्दै घट्टेकुलो डेरा तर्फ लागिन् । दिन भरी खाना खान सकिनन् । घर परिवार कसैलाई यो कुरा शेयर पनि उनले गरेकी थिईनन् शायद ।
तर दिनभरी पुलमा उभिएकी केटीको पीडा के हो भनेर विस्तारै कुरा गर्ने प्रयास पङित्तकारले गर्यो । शुरुमा उनले थ्याकं यु दाई सरी म यस विषयमा कुरा गर्दिन भनिन् , तर विस्तारै प्रयास गरेर उनीसगँ कुरा गर्ने सहमति भयो ।
त्यस पछि उनले आफ्नो कथा यसरी सुनाईन् ।
“ मेरो घर झापा दमक हो , अहिले म ब्याचलर सकिए पछि घर जाने कि जागिर खाने कि भन्नेमा थिए । घरबाट बाबा ममीले बिहे गर्ने बेला भयो भन्दै कराईरहनु भएको थियो । तर व्याचलर पास नगरुञ्जेल हुन्न भनेको थिए । त्यही भएर अहिले ब्याचलर पनि सकियो आरआरबाट । अनि बिहे अब ब्याचलर फष्ट ईयर पढ्दा देखि नै प्रेम सम्बन्ध बनेको गोरखा घर बताउने रमेश पौडेलसगँ बिबाह गर्ने धुनमा थिएँ ।
प्रेम सम्बन्ध क्यान्टीनमा चिया खाने क्रमबाट शुरु भएको थियो । शुरुको तीन महिना हेलो हाई मात्र भए पनि त्यस पछि भने हामी निकै नजिकियौं । आखिर बिहे नै गर्ने त हो नि हामीले भने पछि हामीले धेरै पटक शारीरीक सम्बन्ध पनि राख्यौं ।
डेरामा साथीहरु नभएको समयमा दिउसोको समयमा उ आउने गथ्र्यो र हाम्रो सम्बन्ध हुन्थ्यो । प्राय शुक्रबार चाही उ कोठामा आएर घण्टौ सम्म बस्थ्यो । चिया नास्ता खान्थ्यो अनि रमाईलो पनि गरियो ।
त्यस पछि मैले बिहे गरौं भन्न थाले । भईहाल्छ नि अब मंसीरमा भन्दै उसले ६ महिना देखि मैले भन्दा टार्यो । उ आफ्नो घर परिवारसगैं बस्ने भएकाले उसले घर डेरामा कहिले लगेन । गोगबु बस्छु मात्र भन्थ्यो । तर पनि मैले विस्वास गरे । उ असल नै होला भनेर ।
आज हाम्रो बिबाह हुने कुरा भएको थियो । सामान्य मन्दिरमा एक बट्टा सिन्दुर लगेर लगाउने र नया डेरा लिएर बस्ने अनि दुबै जनाले काम गर्ने अनि बल्ल घर परिवारमा भनेर जाने कुरा भएको थियो । त्यही भएर आज ८ बजे यहा भेटेर जाने कुरा भएको थियो ।
हेर्नु म पानी समेत नखाई बिहान ७ बजेदेखि आको छु , अहिले सम्म फोन लाग्दैन , काही सम्पर्क थाहा छैन । यो छोरा मान्छेको जात साह्रै पापी हुदो रछ , मलाई धोका दियो , सालेले । तर म यसलाई यतिकै छाड्दिन ।
मलाई बिहे गर्ने नै हो तर अहिले बेला भएको छैन भनेर ढाट्यो । मेरो जीवन वर्वाद पार्यो । मेरो आमा बुवाले थाहा पाउनु भयो भने के भन्नु हुन्छ होला ? ”

सिताले यस्तो धोका पाएको पक्का थियो । किन भने उनलाई एउटा नँया नम्बरबाट , हेर सिता लव सव भनेको उमेरमा जसले नि गर्छ तर बिहे गर्ने पर्छ भन्ने छैन , हामीले सहमतिमा सेक्स पनि गर्यौं । मेरो आफ्नो स्टाटस छ तिमीसगँ बिहे गर्न सक्दिन सरी , डन्ट माईन्ट । भन्दै लेखेर पठाएका थिए ।
सिताले विस्तारै आफूलाई सम्हाल्दै त्यसलाई पत्ता लगाई छाड्न पहिला पहिला डेटिङ जाने गरेका ठाउहरु तिर जाने भन्दै उठेर धन्यवाद दाई , मेरो नाम नलेखिदिनु होला भन्दै बिदा भईन् ।

भोटाहिटीमा मंसीर २९ गते बुधबार भेटिएकी २३ वर्षकी सिता – नाम परिवर्तन ) को यो कथा अरु युवा पुस्ताका लागि सचेतनाका लागि सहयोग पुगोस् भनेर प्रकाशित गरिएको हो । — सम्पादक

शुक्र, पुस १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य फिचर न्युज समाचार

Like us On Facebook

Follow Us On Twitter