राजधानीमा वृहत जनजागरण र्याली निकाल्ने विद्यार्थी परिषद्को तयारी

काठमान्डौ पुस १ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राजधानीमा आज विहान राष्टका लागि युवा नामक वृहत जनजागरण र्याली निकाल्ने तयारी गरेका छन् ।

आज विहान राजधानीको प्रदर्शनी मार्ग स्थित बाल्मिकी क्याम्पसबाट सुरु भएको र्याली रत्नपार्कमा पुगेर कोण सभामा परिणत हुने परिषद् जनाएको छ ।

विद्यार्थी परिषदको काठमान्डौ महानगर इकाइले निकाल्न लागेको र्यालीमा करिब ५०० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।

विगत २१ वर्ष देखि राष्ट्र पुर्ननिर्माण गर्ने लक्ष्यका साथ काम गर्दै आएको विद्यार्थी परिषद्ले विद्यार्थीको हक हित का लागि विभिन्न नेतृत्व विकास जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

भ्रष्टाचार तथा दुव्र्यसन मुक्त समाज निर्माण हुनु पर्ने, राष्ट्रिय एकता र स्वाभिमान, शैक्षिक पुनरसंरचनाको लागि लगायतको माग राख्दै विद्यार्थी परिषद्ले आजको र्याली निकाल्न लागेको हो ।

शुक्र, पुस १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया