चुनाब , नारा र जनता

हिजो ,
भोट दिनुहोस हामीलाई
समयसँगै परिवर्तन हुनुपर्छ ,
हामी बाटो बनाउनेछौँ ,
पुल बनाउनेछौँ ,
पानी ल्याउनेछौँ ,
बिश्वास गर्नुहोस हामीलाई ।

आज ,
भोट दिनुहोस हामीलाई
हामी बिकास गर्नेछौँ ,
गोरेटोलाई हाई(वे ,
कच्ची पुललाई झोलुङे पुल ,
घर घरमा धारा ,
हामी परिवर्तन ल्याउनेछौँ ,
विश्वास गर्नुस हामीलाई ।

भोली ,
भोट दिनुहोस हामीलाई,
हामी बिकास देखाउनेछौँ,
मोटर हैन रेल ल्याउनेछौँ,
रेलका लागी कन्क्रेट  पुल ल्याउनेछौँ,
जलश्रोतमा धनीछौँ, पानीको हुँदैन कमी,
परिवर्तनको संबाहक हौ हामी,
बिश्वास गर्नुस हामीलाई ।

अन्तत ,
भोट दिनुहोस हामीलाई ,
हामी बिकास चिनाउनेछौँ ,
घर घरमा धारा अनि चौबिस घण्टा पानी ,
स्कुल , कलेज , अस्पताल ,
हामी नौलो प्रबिधी ल्याउनेछौँ ,
बाटो र पुल को झुटो कुरा गर्दैनौ,
हामी बिमानस्थल बनाउछौँ,
विश्वसँग दौडिनेछौँ,
बिश्वास गर्नुहोस हामीलाई ।।

शुक्र, मंसिर २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य कला-साहित्य समाचार