कथा : आमा 

फागुनको महिना थियो । जाडो बिस्तारै कम हुँदै थियो । तर पनि बिहान सबेरै उठ्नु भनेको महाभारत नै हुन्थ्यो । सि. ए. पढ्न दिल्ली छिरे देखी  अली फरक भएको को छ जीवन सैली । बिहान् अर्ध निन्द्रामा क्लासमा पुग्नु पर्ने , अनी खाली पेटमा हतार हतार अफिस, आफिसको दिक्क लाग्दो काम, सधैंको किच किच , साथमा नयाँ नयाँ बाहन …………  सबै बनी परिसक्यो अब त । कहिले काही सर्ले राम्रो सँग बोलायो भने पनि हामी दङग परेर एक आर्काको मुख हेरा हेर गर्छौ ।
एक दिनको कुरा हो ।   सदा झै     म अफिसमा काम गर्दै थिए । सरले, भित्र क्याबिन बाटै बोलाउनु भयो, सुनिल बेटा ! । मेरो  फुलिरहेका मेरा मुहार अचानक ओेइलाये । बुढोले फेरी आज के कुरामा ल्याङ ल्याङ गर्न लाग्यो । मेरा मस्तिस्क सतर्क भयो  । हुन त हामी अब्स्त्य भई सकेका छौ । कुन अबस्तामा  कसरी बातावरण आनुकुल बनाउने भनेर । बैंक को रिपोर्ट को बारेमा सोध्नु भयो । मैले आफुले बनएको रिपोर्ट देखाये ।
अनी बिना प्रसँग नै भन्नु भयो – हिजो “आजतकमा” पनि देखको थियो  , नेपालमा त साह्रै तनाबको इस्तिथि छ रे त । के को आन्दोलन चल्दै छ ।
मैले भने :- त्यस्तो केही होइन सर । सबै राजनिती खेल हो ।सर :- पहाडी र मदेसीको पनि त दोन्द चल्दै छ नेपालमा । त पहाडी होस् कि मदेसी ???
म केही बोलिन ।
एकछिनको मौनता चिर्दै फेरी भन्नु भयो :- नेपालले त ईन्डिया सँगको राम्रो सम्बन्ध बिगारेर चाइना सँग सम्बन्ध जोड्दै छ रे नि हो ???? किन यस्तो गरेको नेपालले ???
मलाई साह्रै नराम्रो लाग्यो । भित्र बाट अमिलो भएर आयो । म आफुलाई सम्हाल्दै चुप बसी रहे ।
म सुनिरहेको थिए :- नेपाल त गरीब मुलिक हो, नेपाल त सानो छ, नेपाल त ईन्डिया कै एउटा भाग हो……………….. आदी के के भन्नु भयो भयो……… । अब त अती भएछ क्यार मलाई पनि साह्रै रिस उठ्यो । यो पनि लाग्यो कि एक झापड हानेर त्याही मुर्छ पर्दिन्छु ।
फेरी प्रोफेस्नेल लाईफमा यसो गर्न नि मिलेन……
…………….अन्तिममा मलाई यो पनि भन्न भ्याउनु भयो कि :- यही राम्रो नोकारी पाइहाल्छस, परिवार लेराएर यतै सेटल किन हुँदैनस ??? ………….
अनी, उहा म भन्दा ठुलो मान्छे गर्न पनि त म के नै सक्थे र….. ।
अनी मैले सोधे :- सरलाई, सर हजुरको घरमा को को हुनुहुन्छ ???
सरले भन्नु भयो :- बाबा हुनुहुन्छ, आमा हुनुहुन्छ, एउटा बहिनी छ, श्रीमती छ, अनी एउटा छोरो छ । किन र ???
मैले फेरी सोधे :- सर हजुरको आमा के गर्नु हुन्छ ???
सरले भन्नु भयो :- आमा त अहिले बुढी भई सक्नुभयो, केही गर्नु हुन्न । घरमै बस्नु हुन्छ ।
मैले फेरी सोधे :- सर हजुरको आमाले कती पढ्नु भएको छ ?
सरले अस्जिलो मान्दै भन्नु भयो :- पहिले पहिले त्यती स्कुल जान पाहिदैन थियो रे….. त्यही ४, ५ क्लास पढ्नु भएको होला ।
सर हजुर को आमा काली हुनुन्छ कि गोरी ??? मैले कुर्सी मिलाएर सिधा हुँदै सोधे ।
” गहुगोरी हुनुन्छ ” सर ले फर्कौनु भयो ।
अनी मैले सिर ठाडो बनाउदै छाती फुलाएर सान सँग भने :-
” सर मेरो आमा राम्री हुनुहुन्छ, पढेलेखेको हुनुहुन्छ, नोकारी गर्नु हुन्छ, पैसा कमाउनु हुन्छ, अनी धेरै माया पनि गर्नु हुन्छ………
छोड्दिनुस् हजुरको त्यो बुढि आमालाई…….. !
आउनुस् आज बाट मेरो आमा लाई आमा भन्नुस् ……
तेसपछी सर केही बोल्नु भएन । तर म उहाको अनुहारमा प्रस्टै देख्न सक्थे, उहाको के हाल भएको थियो ।
नोट : यो कथा मेरो मित्र सुनिलको जीवनमा घटेको सत्य घटना हो ।

बिहि, मंसिर २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...