माओवादी केन्द्रमा असन्तुष्टी बढ्दो , शशी श्रेष्ठद्धारा राजिनामा

काठमाण्डौे ,मंसिर २१ ।

नेकपा माओवादी केन्द्र भित्र संगठनात्मक कार्यविभाजनलाई लिएर बिवाद बढ्दै गएको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा आज बसेको पोलिटव्युरो बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले संगठनात्मक कार्यबिभाजनका बिषयमा असन्तुष्ठि जनाएका छन् ।

आजको बैठकमा संगठनात्मक संरचनाका विषयमा छलफल भईरहेका बेला आजपनि पार्टीको आन्तरिक कार्यविभाजनप्रति सचिवालय सदस्य शशी श्रेष्ठ लगायतका नेताहरु असन्तुष्ठी जनाएका थिए ।

आजको बैठकमा समसमायिक राजनितिक परिस्थिित, पार्टीको संगठन निर्माणका साथै चुनावी रणनितिका विषयमा सदस्यहरुले धारणा राखेका थिए । यस्त्ै बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि उत्पन्न राजनितिक परिस्थितिका विषयमा छलफल भएको बताईएके छ ।

यसैविच सचिवालय सदस्य शशी श्रेष्ठले भने आफु भन्दा कनिष्ठलाई हेडक्वाटरमा राखेर पाखा लगाएको भन्दै पदबाट राजीनामा दिनु भएको छ ।

बैठकबाट वाहिर निस्किएकी श्रेष्ठले बैठकमै पार्टी अध्यक्ष पुष्पकमल दाहालसामू सचिवालय सदस्यबाट राजीनामा दिएको बताउनु भयो । यसअघि बिहान वालुवाटारमा बसेको पार्टी हेडक्वाटर बैठकले पोलिटव्युरो बैठकको एजेण्डा तय गरेको थियो ।

मङ्ल, मंसिर २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter