Loading...

मधेसीलाई प्रमुख दलले टेरेनन् : ठाकुर

विराटनगर, मंसिर १७ ।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले राज्य पुनःसंरचना आयोगले गरेको सिफारिसका आधारमा संघीय राज्यको सीमांकन हुनुपर्ने बताउनु भएके छ ।

रिपोर्टस् क्लबले आज राजधानीमा गरेको कार्यक्रममा उहाले आयोगकै सिफारिसका आधारमा राज्य पुनःसंरचना नभएसम्म संशोधन प्रस्ताव मान्न नसक्ने बताउनु भयो ।

उहाले आफुहरुको मागलाई प्रमुख दलहरुले बेवास्ता गरेको आरोप पनि लगाउनु भयो ।

संविधान संशोधन प्रस्तावमा समेटिएका विषयवस्तुका बारेमा सरकारले आफूहरुलाई औपचारिकरुपमा कुनै जानकारीसमेत नगराएको उहाको दुःखेसो थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...