Loading...

सीपी मैनालीले प्रचण्डलाई ‘बहुलाहा कुकुर’ले टोकेको भनेपछि……

काठमाण्डौ ,१७ मंसिर ।

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा नेकपा मालेका महासचिव तथा सांसद सीपी मैनालीले प्रधानमन्त्री प्रचण्डलाई ‘बहुलाहा कुकुर’ले टोकेको भनेपछि केहिबेर हंगामा भएको थियो ।

बैठक सुरु हुनासाथ मैनालीले धारणा राख्नेक्रममा प्रमलाई ‘बहुलाहा कुकुर’ले टोकेका भनेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद मैनालीले धारणा संसदको रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाउनु भयो ।

सांसद खतिवडाले सांसद मैनालीको भनाइ हटाउन लगातार आग्रह गरेपछि सभामुख ओनसरी घर्तीले संसदीय मर्यादाविपरीतको धारणा हटाउन निर्देशन दिनुभयो ।

सांसद मैनालीले संसदीय मर्यादाविपरीत धारणा राखेको भन्दै सांसद खतिवडाले नियमापत्ति जनाएपछि कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले समर्थन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...