Loading...

सुगौली सन्धिविरुद्ध नाराबाजी गर्ने ९ जना समातिए

काठमाडौं, मंसिर १७ । सुगौली सन्धिविरुद्ध नाराबाजी गर्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललगायत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शान्ति–बाटिकाबाट नाराबानी गर्दै काठमाडौंस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गर्न जान लागेका उनीहरुलाइ आज अपरान्ह प्रहरीले पक्राउ गरेको हो ।

नेपालको मेचीदेखि टिस्टा नदीबीचको भू–भाग र पश्चिममा कुमाउँ, गढवाल, काँगडासहित सतलजसम्मको भू–भाग गुमाउनेगरि सन् १८१५ मा आजैका दिन भारतको इस्ट इन्डिया कम्पनी सरकारसँग नेपालले सुगौली सन्धि गरेको थियो ।

पछि भारतमा ब्रिटिसविरुद्धको पहिलो सिपाही आन्दोलन दबाउन सहयोग गरेबापत तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई ब्रिटिस सरकारले बाँके, बर्दिया, कैलाली र कन्चनपुर फिर्ता गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...