Loading...

संघीयताविरोधीले शोषित–पीडित समुदायलाइ अधिकार दिदैन : महतो

विराटनगर, मंसिर १७ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीयताविरोधी मानसिकताबाट ग्रस्त केही दल र व्यक्तिले वर्षौंदेखि शोषित–पीडित समुदायलाई अधिकार दिन नखोजेको आरोप लगाउनु भएको छ ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले मधेसी, थारु, आदिवासी र जनजातिलाई शासनमा हिस्सेदारीका लागि संघीयता चाहिएको चर्चा गर्नुभयो ।

उहाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट आपूmहरु ठगिएको भन्दै यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनु भयो ।

संशोधन प्रस्तावबाट मधेसको मागको पूर्णरुपमा सम्बोधन नभएको उहाको भनाई छ । संविधान संशोधन प्रस्ताव परिमार्जनका लागि सरकार सकारात्मक हुनुपर्ने उल्लेख गर्दै उहाले यथास्थितिमा प्रस्ताव पास गर्न खोजिए सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

पत्रकारद्वारा राखेको जिज्ञसामा अध्यक्ष महतोले ‘५ नम्बर प्रदेशबाट मधेसको भू–भागलाई छुटयाउन हुने तर झापा, मोरङ, सुनसरीलाई छुट्याउन नहुने मानसिकता नै गलत रहेको बताउनु भयो ।

उहाले राष्ट्रियसभामा एक प्रदेशबाट तीनओटा सदस्य निर्धारण गरेको र बाँकी सदस्य पदमा स्थानीय निर्वा्चित पदाधिकारीको आधारमा गर्दा मधेसको प्रतिनिधित्व घट्ने भएकाले सो मान्य नहुने पनि स्पस्ट पार्नुभयो ।

अध्यक्ष महतोले प्रमुख राजनीतिक दल गैरजिम्मेवार बनेको आरोप लगाउँदै सीमांकनका र भाषिक समस्या विगतमा आयोगले बुझाएको प्रतिवेदनका आधारमा गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...