Loading...

नेपालको संविधान अपाङ्गमैत्री रहेको प्रधानमन्त्रीको दाबी

मंसीर १७, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान विश्वका विकसित भनिएका देशको भन्दा उत्कृष्ठ र अपाङ्गमैत्री रहेको बताउनु भएको छ ।

२५ औं अन्तर्रा्ष्ट्रिय अपाङ्ग दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले संविधान अपाङ्गहरुको अधिकार र सहज जीवनयापनका लागि पूर्ण नभएपनि अपाङ्गमैत्री रहेको बताउनु भयो ।

संविधानले राष्ट्रिय सभामा अपाङ्गहरुको प्रतिनिधित्वको सुनिश्चितता गरेको भन्दै यसको सफल कार्यान्वयन गर्न सके धेरै अधिकारहरु प्राप्त हुने दाबी पनि गर्नुभयो ।

कार्यक्रममा उहाँले प्रधानमन्त्रीको नेतृत्वमा रहेको अपाङ्गता अधिकार सम्बन्धि डेक्सलाई तुरुन्तै सक्रिय पारेर काम अघि बढाउने बताउनुभयो ।

यस्तै अपाङ्गहरुको जीवन निर्वाह भत्ता ज्यादै न्यून रहेकाले यसलाई बढाउन पहल गर्ने पनि आश्वासन दिनुभएको छ ।
निजामति र सरकारी सेवामा रहेका अपाङ्ग कर्मचारीहरुले स्वास्थ्यका कारण काम गर्न नसकेमा निश्चित मापदण्ड बनाएर पेन्सनको व्यवस्था गर्ने व्यवस्थाका लागि पहल गर्ने उहाको भनाई छ ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गरी निर्वाचनमा जानु सरकारको प्राथमिकता रहेको जानकारी दिँदै छिटै राजनीतिक दलहरुबीच सहमति जुट्ने बताउनुभयो ।

कार्यक्रममा अपाङ्गका प्रतिनिधिहरुले संविधानमा अपाङ्ग अधिकारको सुनिश्चितता, सहज जीवन यापन, अपाङ्गमैत्री संरचना, रोजगारी लगायतका विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...