Loading...

विज्ञान प्रविधिमा राज्यले लगानी गर्नुपर्छ:प्रधानमन्त्री

मंसीर १७, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले विज्ञान प्रविधिमा यथेष्ट लगानी गरेर मात्र विकासको पूर्वाधार खडा हुने बताउनु भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ३९ औं प्राज्ञ सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले विज्ञान र प्रविधिमा लगानी राज्यको विकास र समृद्धिका लागि महत्वपूर्ण रहेको बताउनु भयो ।

राज्यले विज्ञान र प्रविधिको क्षेत्रमा गर्ने लगानिका आधारमा देशको विकास र समृद्धिको निर्धारण हुने उहाको भनाई छ ।

सरकार पुरक बजेटको तयारीमा रहेको भन्दै प्रधानमन्त्री दाहालले सरकारले यस क्षेत्रमा लगानी बढाएर प्रविधि र अनुसन्धानको क्षेत्रलाई प्रोत्साहित गर्ने बताउनु भयो ।

बैठकमा प्रधानमन्त्रीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आफ्नो कार्यक्षमता र जिम्मेवारीबोध बढाउनुपर्ने बताउनुभयो ।

त्यसैगरी उपकूलपति प्रा।डा। जीवराज पोखरेलले नास्टको अवस्था र आगामी योजनाबारे बैठकलाई अवगत गराउनु भएको थियो ।
३९ औं प्रज्ञा सभाले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गर्ने र विज्ञान प्रविधिको अध्ययन, अनुसन्धान र प्रचारको क्षेत्रमा महत्वपूर्ण संस्था तथा व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...