Loading...

आईओएमका नवनियुक्त डीन सिंहले दिए राजिनामा

काठमाण्डौ ,मंसिर १७ ।

त्रिभुवन विश्वबिद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका नवनियुक्त डीन केशव प्रसाद सिंहले राजिनामा दिनुभएको छ ।

नेपाल चिकित्सक संघले आज भेटेर दवाव दिएलगत्तै सिंहले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनिया समक्ष राजीनामा दिनुभएको हो ।

सिंह आईओएमको डिन नियुत्त भएकै दिनदेखी उहाको राजिनामा माग्दै डा. गोविन्द केसी अनसनमा बस्नुभएको छ । वरिष्ठताका आधारमा आइओममा डिन नियुक्त गर्नुपर्ने भन्दै केसीले सिंहको राजिनामालाई प्रमुख मागका रुपमा अघि सार्नुभएको छ ।

डा. केसीले आइओएममा वरिष्ठताका आधारमा डा. जगदिश अग्रवाललाई नियुक्त गर्नुपर्ने माग गर्नुभएको छ ।

सिंहको राजीनामापछि केसीको अनसन तोडाउने बीषयमा सरकारी प्रतिनिधि र डा. केसीका प्रतिनिधीबीचको वार्ता निष्कर्षमा पुग्ने सम्भावना बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...