Loading...

अनेरास्ववियुद्धारा मुलुकभरका सरकारी क्याम्पस अगाडि प्रदर्शन

काठमाडौं, मंसिर १७ ।

प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै देशभरका सरकारी क्याम्पसअगाडि प्रदर्शन सहित धर्ना दिएको छ ।

संसोधन प्रस्ताव देश र जनताको पक्षमा नरहेको भन्दै अनेरास्ववियुले मुलुकभरका सरकारी क्याम्पस क्षेत्र आसपासका सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा सभासमेत गरेको हो ।

पहाड र तराईका जनताबीचको एकतालाई फुटाउने गरी संसोधन प्रस्ताव ल्याएको भन्दै अनेरास्ववियुका सचिव आरसी लामिछानेले त्यस्तो राष्ट्रघाती गतिविधिकोविरुद्ध सबै नागरिकलाई एकताबद्ध गरी अगाडि बढ्ने बताउनु भयो ।
प्रदर्शनका क्रममा लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा प्रहरी र विद्यार्थीकाबीच सामान्य झडप समेत भएके छ ।

सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न सीमांकन, नागरिकता, राष्ट्रियसभामा समावेशी प्रतिनिधित्व र भाषाको विषयलाई संशोधन गर्न प्रस्ताव दर्ता गराएपछि नेकपा एमालेनिकट अनेरास्वविय, युवा संघलगायत संगठन आन्दोलनमा छन् ।

संविधानअनुसार प्रस्तावित प्रदेश नम्बर–५ का स्थानीय राजनीतिक दल तथा जनतालेसमेत सो क्षेत्रलाई नटुक्र्याउन माग गरेर विरोध गर्दै आएका छन् ।

सरकारले त्यस क्षेत्रमा रहेका पहाडी जिल्लालाई प्रदेश नम्बर–४ मा समायोजन गर्ने प्रस्ताव गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...