Loading...

संसद अवरोधबारे राष्ट्रपति र सभामुखबीच छलफल

काठमाडौं, मंसिर १७ ।

संसदमा जारी अबरोध हटाउनेबारे राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच छलफल भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका–संसदमा भइरहेको पछिल्लो गतिविधि र यही मंसिर ५ गतेदेखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमणबारे जानकारी गराउनु भएको थियो ।

पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसदमा देखिएको असन्तुष्ठि र बिबाद अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री प्रचण्ड , प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल गरेको पनि सभामुख घर्तीले राष्ट्रपतिलाई जानकारी गराउनु भयो ।
छलफलका क्रममा दलका नेताहरुले सहमतिका साथ अघि बढ्न प्रतिबद्ध रहेको बताएको र आवश्यक परेमा सहमतिको वातावरण बनाउन आफू सदैव तयार रहेको पनि उहाले बताउनु भयो ।

राष्ट्रपति भण्डारीले दलहरुबीचको असहमति हटाएर दलीय सहमति जुटाउन संयोजनकारी भूमिका खेल्दै संसद्का गतिविधि अघि बढाउन सभामुख घर्तीलाई आग्रह गर्नुभएके छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...