Loading...

संविधान संशोधन प्रस्तावका विरुद्ध जनमत संग्रह

बुटवल ,१७ मंसिर ।

नेपाली काग्रेसको भातृ संगठन नेविसंघले ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध आज बुटवलमा जनमत संग्रह गरेको छ ।

नेविसंघ केन्द्रिय उपाध्यक्ष प्रकाश रानाको अगुवाइमा बुटवलको पुष्पलाल पार्कमा भएको मतदानको परिणाम दिउसोसम्म सार्वजनीक गर्ने तयारी छ ।

जनमत संग्रहमा पहाड र तराईमिलेर बनेको ५ नम्बर प्रदेश टुक्र्याउन हुने र नहुने दुई मत राखेर गरिएको मतदान बिहान ८ बजेबाट मध्यान्ह साढे १२ बजेसम्म चलेको थियो ।

त्यसमा १८ हजार २ सय ७३ जनाले मत राखेको नेविसंघ उपाध्यक्ष रानाले बताए ।

यसैबीच प्रदेश नम्बर ५ टुक्र्याउने संशोधन विधेयक विरुद्ध सम्बोधन गर्न प्रदेश नम्बर ५ बाट प्रतिनिधित्व गरेका दलका नेताहरु बुटवल आइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...