Loading...

भारतद्धारा नेपाल ९९ रनले पराजित

काठमाडौं, मंसिर १७।
थाइल्याण्डमा जारी एसीसी महिला क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ । १ सय २१ रनको लक्ष्य पच्छ्याएको नेपाली टिम १६ ओभर ३ बलमा २१ रनमा अलआउट भएपछि नेपाल ९९ रनले पराजित भएको हो ।

नेपालका लागि सरिता मगरले बनाएको ६ रन नै सर्वाधिक रह्यो । करुणा भण्डारी, रुविना क्षेत्री र ज्योति पाण्डेले समान दुई दुई रन जोडेका थिए । नेपालका चारजना खेलाडी डक आउट भएको खेलमा रोशनी बोहोरा र सीता रानामगरले एक एक रन बनाए ।

पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको थियो । भारतका लागि शिखा पाण्डेले सर्वा्धिक ३९ रन बनाइन् । त्यस्तै भेल्लसमी भनिताले २१, अनुजा पटिलले १६, हार्मनप्रित काउरले १४, नुहाज प्रविनले १३, मनिशी जोशीले ५ र सविन्नी मेगानले ४ रनको योगदान गरे ।

नेपालका लागि सरस्वती कुमारीले २, कप्तान रुविना क्षेत्री, करुणा भण्डारी र सरिता मगरले एक एक विकेट लिए । यो नतिजा सँंगै नेपाल प्रतियोेगितामा सबै खेल हार्दै सबैभन्दा पुछारमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...