Loading...

संशोधन प्रस्ताव पारित भएरै छाड्छ : देउवा

काठमान्डौ,मंसिर १७।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने विस्वास ब्यक्त गर्नुभएको छ ।

आज बिहान विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो । देउवाले पहाडमा पहाडले र मधेसमा मधेसीले आन्दोलन गरेर समस्याको समाधान नहुने बताउँदै मधेसवादी दलसहित एमाले पनि संविधान संशोधनमा सहमतिमा आउने दाबी गर्नुभयो ।

यस्तै सभापति देउवाले स्थानीय निकायको निर्वाचनका सम्बन्धमा दलहरु विच विवाद नरहेकाले निर्वाचन हुनेमा आफू ढुक्क रहेको बताउनु भयो ।

दलहरु इलाकालाई आधार बनाएर पुनर्संरचना बनाउनको लागि सहमत भएकाले पुनर्संरचना आयोगले पनि सोही अनुसार काम गरि रहेकाले आयोगको प्रतिबेदन आएपछि सबै दलहरु निर्वाचनमा जाने बिषयमा समस्या नरहेको धारणा राख्नु भयो

यसमा तपाइको प्रतिक्रिया

Loading...