Loading...

माओवादी केन्द्रको हेडक्वाटर बैठक बस्दै

काठमाडौ १७ मंसिर ।
संविधान संशोधन प्रस्तावमाथि सहमती जुटाउने प्रयास तीव्र पारेको सत्ता नेतृत्वकर्ता दल नेकपा माओबादी केन्द्रको हेडक्वाटरको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा दिउंसो एक बजेपछि बस्ने बैठकमा संशोधन प्रस्तावमा अन्य दलको सहमती जुटाउने प्रयासबारे छलफल हुनेछ ।

मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै ल्याएको संशोधन प्रस्तावमा मोर्चाले नै असन्तष्टी जनाएर विपक्षमा उभिएपछि दबाबमा परेको प्रधानमन्त्री दाहालले सहमतीका लागि भईरहेको दलिय प्रयासका बिषयमा हेडक्वाटर बैठकमा बिफ्रिङ गर्नु हुने जनाएको छ ।

यस्तै बैठकले बर्तमान राजनीतिक अवस्था सहज बनाउने बिषयमा समेत आवश्यक रणनीति तय गर्ने नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...