Loading...

प्रदेश नम्बर ५ टुक्राएको विरोधमा अनिश्चितकालिन पाल्पा बन्दको आह्वान ,बुटबलमा आज वृहत प्रर्दशन

काठमाडौ १७ मंसिर ।
सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरुलाई टुक्राएको भन्दै त्यसको विरोधमा आजपनि विभिन्न जिल्लामा प्रदर्शन भईरहेका छन् ।

संविधान संशोधनमार्फत पहाडी जिल्लालाई मधेसबाट अलग गर्न खाजेको विरोधमा पाल्पामा संयुक्त युवा, तरुण दल तथा विद्यार्थी आन्दोलन समितिले अनिश्चितकालिन जिल्ला बन्दको आह्वान गरेका छन् ।

बन्दका कारण जिल्लामा यातायतका साधन सन्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था बजार पसल ठप्प छन् । यसअघि हिजो पनि विभिन्न विधार्थी संगठनहरुले पाल्पा बन्द गराएका थिए ।

माग पूरा नभएसम्म जिल्ला बन्द जारी रहने जनाएको छ । बन्दको समयमा विश्वविद्यालयबाट सञ्चालित परीक्षाहरुमा भने कुनै अवरोध नगरिने जनाएको छ । यस्तै रुपन्देही, गुल्मी, अर्घाखाची, प्युठान लगायत जिल्लामा पनि प्रदर्शन भइरहेको छ ।

उता संविधान संशोधन प्रस्तावको बिरोधमा आन्दोलनमा उत्रिएको एमालेले बुटबलमा आज वृहत प्रर्दशनको तयारी गरेको छ । प्रदेशन नम्बर ५ को सिंमाकनमा फेरबदल गर्ने सरकारी प्रस्तावको बिरुद्धमा प्रर्दशन तीव्र बनेपछि एमालेका शिर्ष नेता आन्दोलनमा सहभागि हुन वुटबल जान लागेका हुन् ।

उपाध्यक्ष वामदेव गौतम सहितको टोलीमा विण्णु पौडेल, घनश्याम भुसाल, गोकर्ण विष्ट र प्रदिप ज्ञवाली लगायतका नेता कार्यक्रममा सहभागि हुनेछन् । कार्यक्रममा सत्तापक्षीय दलका नेता पनि सहभागिता रहने एमालेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...