Loading...

विश्व शारीरिक सुगठन आजबाट थाइल्याण्डको पटायामा सुरु हुदै

काठमान्डौ ,मंसिर १७।
विश्व शारीरिक सुगठन च्याम्पियनसिप आज देखि थाइल्याण्डको पटायामा सुरु हुदै छ । प्रतियोगिता एम्बेसडर सिटी होटलको कन्भेन्सन हलमा हुने छ ।

सो प्रतियोगितामा नेपालका एक महिला सहित ४ जनाले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । शारिरिक सुगठनमा पुरुष तर्फ ६० केजीमा अनिल श्रेष्ठ, फिटनेस विधाको १ सय ७५ सेन्टिमिटरमा विनोद ब्रजाचार्य तथा फिटनेस फिजक्स र स्पोटर््सको १ सय ७० सेन्टिमीटरमा विमललाल श्रेष्ठले सहभागिता जनाउने छन् ।

यसैगरी अनिलले मास्र्टस ४० वर्ष माथिकोमा पनि प्रतिस्पर्धा गर्नेछन् भने महिला तर्फ एथ्लेटिक फिजिक्स १ सय ७० सेन्टिमिटर उचाईमा ननिता महर्जनले सहभागिता जनाउने छिन् ।

यस्तै प्रतियोगितामा नेपाली टोलीका विनोदले स्पोर्टस् फिजिक्स र अनिलले ६५ केजी र मास्टर्स दुवैमा आज नै प्रतिस्पर्धा गर्ने छन् । विनोद र विमलले भोली प्रतिस्पर्धा गर्ने छन भने ननिताले पर्सी आइतबार प्रतिस्पर्धा गर्ने छिन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...