Loading...

कैलालीमा ९ सय ग्राम चरेस सहित एक जना पक्राउ

कञ्चनपुर, मंसिर १७।
कैलालीको अत्तरीयामा झण्डै दुई किलो चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको लेकगाउँ– १ का २७ वर्षे लोकेन्द्र बुढा रहेका छन् ।

सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान व्यूरोले बुढालाई गएराति एक किलो ९ सय ग्राम चरेस सहित अत्तरीयाबाट पक्राउ गरेको हो । उनलाई अत्तरीया बसपार्क नजिक चरेस बेच्न ग्राहक खोजी रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चरेससहित पक्राउ परेका बुढालाई इलाका प्रहरी कार्यालय अत्तरीयामा राखेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...