Loading...

राजधानीमा आज सार्कस्तरीय गोष्ठी हुदै

काठमाडौं, मंसिर १७ ।
दक्षिण एसियाली मुलुकमा श्रम आप्रवासनलाई सुरक्षित  बनाउने सम्बन्धमा छलफल गर्न सार्कस्तरीय एकदिने गोष्ठी आज राजधानीमा सुरु हुदै छ ।

नेपालस्थित युरोपियन युनियन र सेन्टर फर साउथ एसियन स्टडिजको आयोजनामा हुन लागेको गोष्ठीमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको सहभागिता रहने युरोपियन युनियनले जनाएको छ ।

आजको गोष्ठीमा दक्षिण एसियाली क्षेत्रमा श्रम आप्रवासनलाई कसरी सुरक्षित बनाउने भन्ने विषयका बारेमा छलफल हुने बताइएको छ ।

गोष्ठीमा श्रम आप्रवासनको असर, श्रमिकले भोग्दै आएका समस्या लगायतका विषयमा कार्यपत्र समेत प्रस्तुत गरिने सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चल पाण्डेले जानकारी दिनु भयो ।

वर्तमान परिवेशमा श्रम आप्रवासनमा नयाँ चुनौती थपिदै गएकाले त्यस्ता चुनौतिको सामना गर्ने उपाय आजको गोष्ठीमा खोजिने उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...