Loading...

डा केसीको माग संबोधनका लागि आज पनि सरकारी पक्षसँग वार्ता हुदै

काठमाडौं, मंसिर १७।
वरिष्ठ चिकित्सक डा गोविन्द केसीको माग सम्बोधनका लागि गठन भएको सरकारी वार्ता टोली र डा केसीका प्रतिनीधि विच आज छैटौ दिन पनि वार्ता हुदै छ ।

डा. केसी र सरकारी पक्षबिच हिजो भएको वार्ताबाट निष्कर्ष ननिस्किएपछि आज पुनः वार्ता बस्न लागेको हो । वार्ता आज बिहान १० बजे शिक्षा मन्त्रालयमा बस्नेछ ।

वरिष्ठताका आधारमा डिन नियुक्ति हुनु पर्ने र त्रिवि उपकुलपति तीर्थ खनियालाई बर्खास्त गर्नु पर्ने केसीको मागमा कुरा नमिल्दा यस अघि भएको वार्ता विना निष्कर्ष टुङगिएको थियो । यस्तै आजको वार्ता पनि सोही विषयमा केन्द्रित हुने बताइएको छ ।

२० औ दिन देखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दशौं पटक अनशनमा बस्नु भएका डा केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको छ ।

अनसनरत डा केसीको जीवन रक्षाको माग गर्दै सरकारी चिकित्सक संघले पनि विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...