Loading...

काठमाण्डौ उज्यालो पार्ने कुलमानलाई अध्यारोमा धकेल्न षड्यन्त्र शुरु

मंसीर १७ काठमाण्डौं ।
विद्युत प्राधिकरणमा कार्यकारी सम्हाले लगत्तै काठमाण्डौ उपत्यका झलमल बनाउन सफल कुलमान घिसिगंलाई विभिन्न तानावाना र षड्यन्त्रमा फसाएर फेरी लोडसेडिगं बढाउमा माफीयाहरु सक्रिय हुन थालेको खुलेको छ ।
यस क्रममा विभिन्न व्यवशायी, विद्युत प्राधिकरण भित्रकै केही कर्मचारी , प्राधिकरणक सञ्चालक समिति भित्रकै केही पात्रले मिलिभगतमा कुलमानलाई घेराबन्दीमा पार्ने खेल शुरु भएको जनाईएको छ ।
नियम संगत काम नगरेको नाममा प्राधिकरण सञ्चालक समिति सदस्य सुरज लामिछाने, लक्ष्मणलाल अग्रवाल र मनोज मिश्रले घिसिगको विरुद्ध लविगं गरीरहेको नागरिक दैनिकले खबर छापेको छ ।
कुलमान विरुद्ध यस अघि काग्रेस एमाले निकट कर्मचारी संगठनले विज्ञप्ति निकालेर कार्यलय प्रवेश नदिने चेतावनी दिएका थिए । देश लोडसेडिग मुक्त हुदा जेनेरेटर , ईन्भर्टर, व्याट्री जस्ता सामान बेच्ने व्यापारीहरुको निद हराम भएको र उनीहरुले लोडसेडिगं बढाएरु आफ्नो स्टक माल बेचिसक्न दवाव र लविग गर्ने गरेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...