Loading...

उपेन्द्र यादव र राष्ट्र संघका राजनीतिक मामिला निर्देशक क्रेग जेनेशबीच भेटवार्ता

काठमाडौं १६, मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र संयुक्त राष्ट्र संघका राजनीतिक मामिला विभागका निर्देशक क्रेग जेनेशबीच भेटवार्ता सम्पन्न भएको छ ।
सरकारद्वारा दर्ता गरिएको संविधान संशोधन, स्थानीय निकायको निर्वाचन, मोर्चासहित संघीय गठबन्धनको आन्दोलन लगायत मुलुकको समसामयिक राजनीतिक विषयमा दुवै पक्षबीच छलफल भएको छ ।
फोरम नेपालको केन्द्रीय मुख्यालय तीनकुनेमा बिहिबार भएको भेटवार्तामा अध्यक्ष यादवले संविधान संशोधनको बिषयमा मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले सरकारद्वारा आग्रह गरिएको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्न अस्वीकार गरेको जानकारी गराएका छन् । उत्पीडित समुदायका लागि आन्दोलनकारीले उठाएको मुद्दाहरुलाई संशोधनले सम्बोधन गर्ने अवस्था नदेखेको यथास्थितिमै समर्थन गर्न नसकिने यादवले बताए ।
राष्ट्र संघका राजनीतिक मामिला विभागका निर्देशक जेनेशले नेपालको संविधानको कार्यान्वयन, संविधान संशोधन र स्थानीय निकायको निर्वाचनमा राष्ट्र संघको भूमिकाका सम्बन्धमा जिज्ञाशा राखेका थिए । जवाफमा अध्यक्ष यादवले आन्दोलनकारीले राखेको मुद्दा र मागहरु समेटेर संविधान संशोधन नभएसम्म स्थानीय निकायको निर्वाचनको कुनै औचित्य नभएको बताएको छलफलमा सहभागी संघीय समाजवादी फोरम नेपालको विदेश विभाग सचिव भरत गुरुङले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...