Loading...

संविधान शसोधन र गोविन्द केसीको अनसनबारे नया शक्ति नेपालद्धारा ध्यानाकर्षण

मंसीर १६ काठमाण्डौं । नया शक्ति नेपालले संविधान शसोधन प्रस्तावले थारु, आदिवासी मधेशी समुदायको मागलाई पूर्ण रुपले संवोधन गर्न नसकेको भन्दै त्यसलाई समेट्न माग गरेको छ ।
नँया शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले राज्य पुनसंरचना आयोगले गरेको सिफारीस अनुसार नै प्रदेशको नामांकन र सिमाकन गर्नु पर्नेमा जोड दिनु भएको छ ।
यद्यपि, अहिलेको ससोधन प्रस्ताव एक कदम प्रगतिशिल भने रहेको प्रतिकृया विज्ञप्ति मार्फत दिईएको छ ।
यसैबीच नया शक्ति नेपालले अनसनरत डा. गोविन्द केसीको माग प्रति सरकार गंभीर नभएको भन्दै आलोचना गरेको छ । विज्ञप्ति मार्फत नया शक्ति नेपालले डा. केसीसगँ वार्ता गरी श्वास्थ्य शिक्षा क्षेत्रका वेतिथिहरुको अन्त्य गर्नु पर्नेमा पनि जोड दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...