Loading...

डा. केसीको समर्थनमा स्वास्थ्यकर्मीद्धारा पोखरामा प्रदर्शन

मंसिर १६, पोखरा ।
प्राध्यापक डा. गोविन्द केसीको मागबारे सरकार उदासीन रहेको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय कार्य समितिले आज पोखरामा विहिवार विरोध कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्यकर्मीहरुले हातमा कालो पट्टि बाध्नुका साथै क्षेत्रीय अस्पताल अगाडी धर्ना समेत दिएका थिए ।
मौन जुलुसपछि आयोजित कोणसभामा बोल्दै स्वास्थ्यकर्मी संघ पश्चिमाञ्चल क्षेत्रीय कार्य समितिका सल्लाहकार डा. ढाका कुमार श्रेष्ठ र डा. क्रान्ति किरण बरालले डा. केसीले उठाएका माग सम्बोधन गरि जीवन रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिका अध्यक्ष नारायण बरालले सरकारको ध्यानाकर्षणको लागि गरिएको कार्यक्रमले सुनुवाई नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिनुभयो । अनसनरत डा. केसीको स्वास्थ्य अवस्था १९ औं दिनसम्म आइपुग्दा अत्यन्तै कमजोर हुदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...