Loading...

करोडौं ठग्ने ईश्वरीप्रसाद पोख्रेल काठमाण्डौमा पक्राउ

काठमाडौं, मंसिर १६ ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले करोडौं रुपैयाँ ठगी गरेर भागेका प्युठान तोर्वाङ ६ चिस्वाङका ३८ वर्षीय ईश्वरीप्रसाद पोख्रेललाई पक्राउ गरेको छ ।

पोख्रेललाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीमाथि सन्दीप दर्नाल, भिमबहादुर दर्जी, शान्ती राईलगायत २३ जनालाई इजरायल पठाउने प्रलोभनमा पारेर एक करोड पाँच लाख रुपैयाँ ठगेर भागेको आरोप छ ।

त्यस्तै सुदिपराज पन्तलाई दक्षिण कोरिया पठाउने भन्दै तीन लाख र रोजन लामाबाट राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भनेर अढाइ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
इश्वरीविरुद्ध २०६७ सालमा नबिल र किष्ट बैंकलाई ठगी गरेको मुद्दामा अदालतबाट दुई वर्ष कैद र दुई लाख २९ हजार रुपैयाँ जरीवाना फैसला थियो ।

त्यस्तै २०७२ सालमा बाँके जिल्ला अदालतबाट ठगी मुद्दा दर्ता भएको र धेरै व्यक्तिलाई ठगेर अमेरिका जान प्रक्रिया गरिरहेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएके छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...