Loading...

आन्दोलनकारी र प्रहरीबीच बुटवलमा झडप

बुटवल ,१६ मंसिर ।

सरकारले ५ नम्बर प्रदेश टुक्रयाउने गरि संबिधान संसोधन प्रस्ताव सदनमा दर्ता गराएपछि चर्किएको आन्दोलनका क्रममा आज बुटवलमा झडप भएके छ ।

५ नम्बर प्रदेशलाई अलग नगर्न माग गर्दै प्रदर्शनमा उत्रेका युवा र प्रहरीबीच बुटवलमा ढुंगा हानाहान भएको छ ।

राष्ट्रिय झण्डासहित स्वतस्फूर्त प्रदर्शनमा उत्रिएका केही युवाले दिउँसो अस्पताल लाइनमा रहेको माओवादीको सहीद स्मारक तथा शालिक तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो ।

प्रहरीको सुरक्षाबीच उनीहरुले पर्खाल तोडफोड गरेपछि ढुङगा हानाहान समेत भएको थियो ।

प्रदर्शनकारी आक्रोसित भएपछि दिउँसोबाट प्रहरीले सक्रियता बढाएको छ । यद्यपी दिउँसो २ बजेबाट सुरु भएको तनाव अझै सामान्य हुन सकेको छैन ।

अनेरास्ववियु रुपन्देहीका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले आफूहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएको र शालिक तोडफोडमा संलग्न नभएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...