Loading...

डा. केसीको समर्थनमा गोदान पनि आन्दोलीत

काठमाण्डौ ,१६ मंसिर ।
सरकारी चिकित्सक संघ नेपाल गोदानले भोलीबाट दुई दिन मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

गोदानको आज बसेको बैठकले केसीको जीवन रक्षाका लागि पहल गर्न आग्रह गर्दै केसीको अनसन आजसम्ममा नटुङगीए भोलीबाट ईम्मरजन्सी बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको अध्यक्ष डाक्टर बद्रि रिजालले बताउनुभयो ।

डा. केसीको माग तत्काल पुरा गर्न माग गर्दै राजधानीको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएम र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गतका सबै शिक्षण संस्थाका आवाशिय चिकित्सक आज पनि आकस्मिक बाहेकका सेवामा सहभागि भएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...