Loading...

अक्षरा स्कुलका बालबालिका ईलामको शैक्षिक भ्रमणमा

अमर डोटेल

मंसीर १६ ईलाम । उपत्यकाको अक्षरा स्कुलले नियमित शैक्षिक भ्रमण कार्यक्रम अन्तर्गत कक्षा कक्षा ७ र ८ का बिद्यार्थीहरुलाई यस पटक ईलाम पुर्याएको छ । स्कुलका शिक्षक राजु कुईकेलका अनुसार कक्षा तीन देखिका सबै बालबालिकालाई अनुकुल वातावरणमा पाठ्यक्रमसगँको सिकाईका लागि हरेक वर्ष यस्तो भ्रमण गर्ने गरीएको छ । अन्य कक्षाका बालबालिकालाई पनि विभिन्न क्षेत्रको भ्रमण गराईएको छ ।

बिद्यार्थीसगै ईलाम पुग्नु भएकी शिक्षिका गीता सापकोटाले ईलाममा यस वर्ष कक्षा ७ र ८ का विद्यार्थी ल्याएको जानकारी दिनु भयो ।
उहाले बिद्यार्थीलाई विषय बस्तु अनुसार अवलोकन र सिक्न सकुन र सुदुर पूर्वको पर्यटकीय क्षेत्रको महत्व बोध होस भनेर विद्यार्थीहरुलाई नियमित शैक्षिक भ्रमणमा ल्याईएको बताउनु भयो ।
यो भ्रमणमा दुई वटा कक्षाका गरी २९ जना भन्ंदा बढी विद्यार्थीहरुको सहभागीता रहेको छ । भ्रमणमा गएकी कक्षा सात की छात्रा ईलामको अन्तुडाडाको अनुभव सुनाउदै भन्छिन् “ त्यो डाडाको भ्रमण भनेको मैले सूर्य उदाएको मात्र हेर्ने होला भन्ने बुझेको थिए , तर त्याहा धेरै नै प्राकृतिक सौन्दर्यता र विभिन्न दृष्यले फरक अनुभव भयो । ”

student-2
उनले ईलामको चियाबारी हेर्दा नेपाल पनि धनी रहेछ भन्ने महसुस हुने, चिया फ्याक्ट्री , बोट बिरुवा, र प्राकृतिक सुन्दरताले मनै लोभ्याउने रहेको बताईन् ।
जता जता भ्रमण गए पनि एक पटक ईलाम चाही जानै पर्ने रहेछ उनले थपिन् । यसै गरी कक्षा ८ की अर्की छात्रा पनि इलामको बजार र प्राकृतिक सजावटको आफ्नै बिशेषता रहेको बताउछिन् । यहा सबैले नियम अनुसार पर्यटकीय क्षेत्रमा घुमिदो रहेछ उनले थपिन् ईलामको चियाबारी हेर्न लायक रहेछ यहाको भ्यू टावरबाट ।  त्यसै गरी कक्षा ८ का एल्सन शर्मा झापबाट ईलामतिर आउदै गर्दा यसको महत्वबोध भएको भन्दै माईपोखरी पुग्दा अझ रमाईलो अनुभूति भयो । यहाका मन्छे स्वावलम्बी रहेछन् एल्सन भन्दछन् ।

अतिथि देवो भवः भन्ने नारालाई यहाका व्यवशायीहरुले राम्ररी आत्मसात गरेको देखिन्छ ।  स्थानीय होटल व्यवशायी निमदोर्जे शेर्पा भन्छन् “ यहा हातमा डायरी र कलम बोकेर ठूला ठूला विद्यार्थीहरु आउथे तर यति साना साना विद्यार्थी हरु अनुसन्धान गर्दै रमाएको देख्दा म चकित परे ” ।

student-3

यसमा तपाइको प्रतिक्रिया

Loading...