Loading...

संसदको म्याद थप्ने तीन दलको तयारी : त्रिपाठी

काठमाण्डौ ,मंसिर १६ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयेश त्रिपाठीले व्यवस्थापिका–संसदको म्याद थप्ने तयारी ठुला तीन दल लागेको आरोप लगाउनु भएको छ ।

तमलोपा पर्साले आज वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा नेता त्रिपाठीले बिबाद निकालेर मुलुकलाई अराजकतातर्फ लगि संसदको म्याद थप्ने ठुला दलको रणनिति रहेको बताउनु भयो ।

मुलुकमा असहज अवस्था सिर्जना गरी निर्वाचनलाई पछि धकेल्ने र संसदको म्याद बढाउने खेल भईरहेको उहाको भनाई छ ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पर्याप्त नभएको पनि त्रिपाठीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...