Loading...

लोकमानका वकिल बिरामि भएपछि मुद्दाको सुनुवाई पुस ७ सम्म सर्यो

काठमाण्डौ, मंसिर १६ ।

सर्वोच्च अदालतले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध दायर भएका मुद्दाको सुनुवाई पुस ७ गतेका लागि सारेको छ ।

उच्च रक्तचापको कारण देखाउँदै कार्की पक्षका वकिल बालकृष्ण न्यौपाने आजको इजलासमा अनुपस्थित रहेपछि सवोच्वले कार्की विरुद्धको सुनुवाई सारेको हो ।

न्यायाधीशहरु जगदीश शर्मा पौडेल, इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले अब सार्न नमिल्ने गरी मुद्दाको पेसी पुस ७ गतेका लागि तोकेको छ ।

सर्वोच्च अदालतले अबको सुनुवाईमा निवेदक वा विपक्षी कुनैपनि पक्षको अनुरोधमा पेसी स्थगित नहुनेगरि सारीएकोले सोहि दिन मुद्दा किनारा लाग्ने जनाएको छ ।

कार्कीको योग्यता, उहा विरुद्धको अन्तरिम आदेश माग, अदालतको अवहेलना र उहाका समर्थकले अदालतको म्याद तामेलीमा गरेको अवरोध लगायतका मुद्दाहरु सूचिमा छन् ।

यसैबीच निलम्बित प्रमुख आयुक्त कार्की आज सर्वोच्च अदालत पुग्नुभएको छ ।
सर्वोच्चको आदेश अनुसार आफु विरुद्धको मुद्दाको तारेख बुझ्न कार्की अदालत उपस्थित हुनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...