Loading...

चैतमा निर्वाचन हुन सक्दैन : डा.यादव

काठमाण्डौ, मंसिर १६ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन हुने सम्भावना कमजोर बनेको बताउनभएको छ ।

राजधानीमा आज आयोजित साक्षात्कारमा उहाँले अहिलेसम्म ऐन नबनेको र स्थानीय तहको संख्यासमेत यकिन नभएको अवस्थामा चैतमा निर्वाचन गर्न निकै कठिन हुने बताउनुभयो ।

निर्वाचन आयोगले आन्तरिक तयारी गरिरहे पनि आवश्यक कानुनहरु प्राप्त नभएसम्म निर्वाचनको तयारीले गति लिन नसक्ने उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...