Loading...

केसीका माग संबोधनबारे निकास निकाल्न स्वास्थ्यमन्त्रीलाई प्रमको निर्देशन

काठमाण्डौ ,१६ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्दै अनसन तोडाउने बिषयमा आज शिक्षा र स्वास्थ्यमन्त्रीसँग संयुक्त रुपमा परामर्श गर्नुभएको छ ।

वालुवाटारमा आज भएको संयुत्त छलफलमा प्रधानमन्त्री दाहालले स्वास्थ्यमन्त्री गगन थापा र शिक्षा मन्त्री धनीराम पौडेललाई डा. केसीको मागबारे चासो राख्नु भएको हो ।

सरकारी पक्ष र डा केसीका प्रतिनिधिबीच पछिल्लो केही दिनदेखि जारी वार्ता निश्कर्षमा पुग्न नसकेपछि प्रधानमन्त्रीले सम्बन्धित दुवै मन्त्रीसंग परामर्श गर्नुभएको हो ।

छलफलपछि प्रधानमन्त्री दाहालले आज दिनभरीमा केसीको माग संबोधनबारे निकास निकाल्न स्वास्थ्य मन्त्रीलाई निर्देशन दिनुभएको छ ।

स्वास्थ्यमन्त्री थापाले समाधानका उपायहरु बारे प्रधानमन्त्रीलाई अवगत गराउदै आज साझ सम्ममा निकास निकाल्ने आश्वासन दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...