Loading...

बिहिवारको संसद बैठकमा खैलाबैला , यस्ता छन् काग्रेसका प्रमुख सचेतक

काठमाण्डौ ,१६ मंसिर ।

ब्यावस्थापिका संसदको बिहिवारको बैठकमा अचानक सबै सांसदहरु मुखामुख गर्न थाले । त्यति मात्र हैन रिपोटिङमा पुगेका संचारकर्मीपनि एक अर्कालाई सोध्न थाले हैन समाचार त टिपिएनकी के हो ?? के भने ह ? टिप्यौ तिमिले । कसैले दावाका साथ भने यार भनेकै छैनन् कसरी अचानक यस्तो कुरा आयो ।

बिषय थियो प्रतिपक्षी दल एमालेका तर्फबाट बोलिरहेका वामदेव गौतमलाई रोकेर काग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले नियमापत्ति गर्नु ।

संबिधान संसोधनको बिरोधमा सदन अबरोध गर्न बैठक सुरु हुनेबित्तीकै धारणा राख्दै थिए वामदेव । बीचैमा काग्रेसका प्रमुख सचेतक चीनकाजीले नियमापत्ति गरे । सभामुख ओनसरी घर्तीले गौतमलाई रोकेर श्रेष्ठलाई बोल्न समय दिईन ।

नियमापत्ति गरेपछि आफुले पाएको समय सदुपयोग गर्न उठेर बोल्न सुरु गरेका चीनकाजीले गौतमले सभामुखको बिरोध गरेको भन्दै सभामुखले गरेका कुनै कामप्रति बिरोध जनाउन नपाईने बताए ।

जब चिनकाजी बोलिसके अनी गौतमले प्रस्ट्याए ,चीनकाजी जी ले किन नियमापत्ति गर्नु भो भनेर म नै अचम्ममा परेको ,उहाले त सभामुखको बिरोधको पो कुरा निकाल्नु भो । मैले सभामुखका बारेमा बोल्या नै छैन ,सरकारका बारेमा बोल्दै छु ।

चीनकाजीले किन नियमापत्ति जनाए भन्ने नै थाहा नपाएका सांसद र संचारकर्मीहरु अचम्मित परे । कोहि सांसदले टाउको निहुराए त कोहि टोलाएर हरिरहेको देखिन्थे ।

गौतमले त्यतिबेला सरकारले संबिधानको उल्लङघन गरेर संसोधन प्रस्ताव ल्याएको भन्दै बिरोध गरिरहेका थिए ।

सबै कुरा खुलस्त भएपछि भने संसद भवनमा रहेका सांसदहरु प्रमुख सचेतक जस्तो मान्छेले कुरै नबुझि यस्तो ब्यावहार देखाएको भन्दै कानेखुसी गर्नमा व्यस्त देखिन्थे । उनको त्यस्तो व्यावहारप्रति काग्रेसभित्रै पनि आलोचना भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...