Loading...

डा.केसी स्वास्थ्य अवस्था गम्भिर , समर्थकको आन्दोलन जारी

काठमाण्डौ ,१६ मंसिर ।
१९ दिनदेखि आमरण अनसनमा बसिरहनुभएका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बनेको छ ।

चिकित्सा शिक्षा र सेवामा सुधारको माग राख्दै अनसनमा बस्नुभएका केसीको मुटुको चाल अनियमित हुनुका साथै घाटी र छातीमा संक्रमण देखिएको उहाका सहयोगिले जनाएक छन् ।
साथै अनसन लम्बिदै जादा केसीको शरिरका अधिकांश अंगमा समेत समस्या देखिएको छ । सरकार र केसीका प्रतिनिधिबीच यसअघि भएका चार पटकको वार्ता निश्कर्षमा पुग्न नसकेपछि केसीको अनुसन लम्बिएको हो ।

पटकपटकको बार्तामा केसीका प्रमुख दुई माग त्रिविका उपकुलपति तीर्थ खनिया“ र चिकित्साशास्त्र अध्ययन संस्थान आईओमका डीन डाक्टर केशबप्रसाद सिंहको बर्खास्ती बारे दुई पक्षबीच सहमति हुन सकेको छैन् ।

उता महाराजगन्ज स्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएम र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गतका सबै शिक्षण संस्थाका आवाशिय चिकित्सक आज पनि आकस्मिक बाहेकका सेवामा सहभागि भएका छैनन् ।

उता नेपाल चिकित्सक संघको आव्हानमा आज बिहान १० बजेदेखी एक घण्टा मुलुकभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

डा. केसीको माग तत्काल पुरा गर्न माग गर्दै डा. केसीको अनसनमा ऐक्यबद्धता जनाउदै आवासिय चिकित्सक, बिवेकशील नेपाली, विद्यार्थी र सर्वसाधारणले शिक्षण अस्पतालबाट बानेश्वरसम्म र्याली समेत निकालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...