Loading...

संसद बैठक स्थगित , संबिधान उल्लङघन गरेकाले प्रचण्डलाई सरकार छाड्न एमालेको चेतावनी

काठमाण्डौ ,१६ मंसिर ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका कारण ब्यावस्थापिका संसदको बैठक भोली सम्मका लागी स्थगित भएको छ ।

सरकारले दर्ता गराएको संबिधान संसोधन प्रस्तावको बिरोध गर्दै एमाले सांसदले बैठकमा अबरोध गरेपछि सभामुख ओनसरी घर्तीले भोली अपरान्ह ३ बजेसम्मका लागी बैठक स्थगित गर्नुभएको हो ।

संसद बैठक सुरु हुनेबित्तकै एमालेका वामदेव गौतमले धारणा राख्दै सरकारले संबिधान नै मिचेर संबिधान संसोधन बिधेयक ल्याएको भन्दै सदन चल्न नदिने बताउनु भयो ।
सो लगत्तै एमालेका सांसदहरुले उठेर बिरोध जनाएपछि बैठक स्थगित भयो । आजको बैठकमा संसोधनसम्बन्धी छलफलको कार्यसुची नरहेकाले बैठक चल्न दिन सभामुख घर्तीले पटक पटक आग्रह गरेपनि उनीहरुले अबरोध नरोकेपछि घर्तीले भोलीसम्म बैठक स्थगित गर्नुभयो ।

आजको बैठकमा बोल्दै गौतमले संबिधानको धारा ६ , ७, ११ , ८६ , २८७ र अनसुची ४ को बिषयमा संबिधान उल्ङघन गरेर संबिधान संसोधभन प्रस्ताव ल्याएको भन्दै आप्पती जनाउनु भयो ।

जसमा भाषा ,नागरिकता , राष्ट्रिय सभा र ५ नम्बर प्रदेशको बिषयमा उल्लेख गरिएको छ । उहाले त्यससम्बन्धी निर्णय गर्ने अधिकार प्रदेश सभालाई मात्र हुनेमा प्रदेश सभा र सार्वभौम संसदलको समेत अधिकार मिचेर संसोधन प्रस्ताव ल्याईएको दाबी पनि गर्नुभयो ।

गौतमले वर्तमान रुपान्तरित संसदले संघियता कार्यान्वयनका निमित्त २१ वटा कानुन मात्र बनाउन सक्ने प्रावधान रहेकोमा संसोधन मार्फत प्रदेशहरुको अधिकार मिचिएको बताउनु भयो ।

उहाले संबिधान कार्यान्वयन गर्नुपर्ने सरकारले संबिधान नै मिचेपछि त्यसमा बसिरहने अधिकार नभएकोले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल सरकारको नेतृत्वबाट हट्न पनि सुझाव दिनुभयो ।

आजको बैठकमा अख्तियारका निलम्बित प्रमुख आयुत्त लोकमानसिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि थप छलफल गरि महाअभियोग सिफारिस समितिमा पठाउने कार्यसुची रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...