Loading...

डा. गोविन्द के.सि.को  समर्थनमा नवलपुर क्षेत्रका स्वास्थ सस्था एक घन्टा बन्द हुँदै 

तिर्थराज भुषाल

मंसिर १६ कावासोती । डा. गोविन्द के.सि.को अनसनको समर्थनमा नवलपरासीको नवलपुर क्षेत्रका स्वास्थ सस्था एक घन्टा बन्द हुने भएका छन ।

नेपाल मेडिकल एसोसियसन तथा आन्दोलनरत सस्थाहरुको को आभ्वानमा कवासोती मेडिकल सोसाइटीले नवलपुर क्षेत्रका सम्पुर्ण सरकारी अस्पताल  ;पोलिक्लिनिक तथा मेडिकल विहान १० देखि ११ वजे सम्म  वन्द हुने  जनएको छ ।

१९औ दिन सम्म १० औ पटक आमरन अनसन वस्दा पनि माग पुरा नभएको भन्दै डा.के.सिको जीवन रक्षाको लागि  नवलपुर क्षेत्रका स्वस्थ सस्थाका वहिरङ सेवा १ घन्टा बन्द हुने  कवासोती मेडिकल सोसाइटीका अध्यक्ष डा.अर्चन घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...