Loading...

सबै दललाई एकजुट हुन सभामुख घर्तीको आग्रह

काठमान्डौ ,मंसिर १६।
सभामुख ओनसरी घर्ती मगरले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव र संविधान संशोधनका विषयमा सबै दलहरुलाई एकै ठाउबाट उभिन आग्रह गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ र अमेरिकाको क्यालिफोर्निया स्थित मदरल्याण्ड नेपालको सहकार्यमा यसै वर्ष देखि स्थापना भएको लैङगिक हिंसा विरुद्धको पत्रकारिता पुरस्कार वितरण समारोहलाई संबोधन गर्दै यस्तो आग्रह गर्नु भएको हो ।

प्रमुख दहहरु सहमतिमा आए मात्रै संविधान कार्यान्वन सहज हुने सभामुख घर्तीको भनाइ थियो । यसवर्षको लैङिक हिंसा विरुद्धको पुरस्कार धिरेन्द्र प्रेमर्षी र वविता बस्नेतलाई दिइएको थियो । उनीहरुलाई जनही ४०÷४० हजार नगद सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट लगायतको उपस्थ्ति रहेको थियो ।

मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले विदेशी भूमिमा कमाएको थोरै रकम भए पनि नेपालमा लैङगिक हिंसा विरुद्धमा काम गर्ने पत्रकारहरुको लागि सहयोग गर्न पाउदा आफूलाई खुसी लागेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...