Loading...

प्रमद्धारा संसोधन बिधेयकमा समर्थन गर्न मोर्चालाई आग्रह

काठमान्डौ ,मंसिर १६।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका तर्फबाट संसदमा दर्ता भएको संबिधान संसोधन बिधेयकमा समर्थन जनाउन मधेशी मोर्चालाई आग्रह गर्नुभएको छ ।

संसोधित विधेयकले आफुहरुको माग संबोधन नगरेकोले समर्थन नगर्ने निर्णय गरेलगत्तै आज प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका नेताहरुलाइ बालुवाटारमा बोलाएर संसदमा दर्ता भएको संविधान संशोधनलाई सकारात्मक रुपमा लिन आग्रह गर्नु भएको हो ।

बिधेयक दर्ता भएको भोलीपल्टै हिजो आकस्मीक बैठक बसेर मोर्चाले आफुहरुसँग सहकार्य नगरि विधेयक दर्ता गराएको भन्दै त्यसमा आफुहरुले समर्थन नगर्ने निर्णय गरेको थियो ।

मोर्चाका नेताहरुले भने आफूहरुको एजेन्डा निकै कम सम्बोधन भएको भन्दै थप परिर्माजनको माग गरेका छन् ।

प्रधानमन्त्री दाहालले भने मोर्चाले उठाएको सबै माग पुरा नभएपनि मोर्चाकै मागअनुसार संबिधान संसोधन प्रस्ताव आएकोले समर्थन गर्न आग्रह गर्नुभएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तह तथा निकायको चुनाव गर्ने सरकारको तयारीबारे जानकारी दिँदै मधेसी मोर्चाको धारणा पनि माग गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...