Loading...

एसीसी महिला क्रिकेटमा नेपालको चौथो हार , थाईल्याण्डसँग ८ विकेटले पराजित

६ मंसिर, काठमाडौं ।

एसीसी महिला क्रिकेट प्रतियोगिताको चौथो खेलमा पनि नेपाल पराजित भएको छ । बैकंक स्थित एसियन इस्टीच्युट टेक्नोलोजिको खेल मैदानमा सम्पन्न खेलमा नेपाल आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भयो ।

नेपालले दिएको ६४ रनको लक्ष्य घरेलु टोली थाईल्याण्डले १६ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर ६३ रन बनाएको थियो ।

नेपालले खेलको सुरुवात राम्रो गरेपनि हार टार्न भने सकेन । पहिलो विकेटका रुपमा ओपनर ज्योती पाण्डेलाई व्यक्तिगत १६ रनमा गुमाउँदा नेपालले ३० रन बनाएको थियो ।
ज्योती आउट भएपछि नेपाल धरासायी भयो । कुनै पनि ब्याट्सवुमनले टिकेर खेल्न सकेनन् । सीता राना मगरले ९ तथा रुविना क्षत्रीले ८ रन जोडिन् । नेरी थापा ७, सरिता मगरले ४, करुणा भण्डारी, काजोल श्रेष्ठ र संगिता राईले दुई दुई रन जोडे भने इन्दु बर्मा र रश्मी चौलागाई एक एक रनमा आउट भए ।
थाईल्याण्डका लागी नटकान चन्तामले २४ रन बनाउदा  सिरिन्सा सान्साकार्वत २७ रनमा नटआउट रहिन । नतया बुच्छातम र सोर्नारी तिपोचले चार चार रन जोडे ।

नेपालले यसअघि तीन खेल हारिसकेको छ । र, अन्तिम खेल भारतसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...