Loading...

संशोधन प्रस्ताव दर्ता पछिको परिस्थितिबारे प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, मंसिर १६।
संसद सचिवालयमा संविधान संशोधन विधेयक प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिबारे जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले आज दिउँसो २ बजे बालुवाटारमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

संशोधन विधेयक दर्ताको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सडक र सदनमा आन्दोलन थाल्ने निर्णय गरिसकेको छ । मधेसी मोर्चाले पनि आफ्नो माग अनुसार संविधान संशोधन प्रस्ताव नआएकाले यसलाई नमान्ने स्पष्ट पारेको छ ।

यस्तै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग्याउन लागेको विरोधमा पाल्पा, रुपन्देही, अर्घाखाँची, रोल्पा, प्युठान लगायतका जिल्लाका स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् । गत मंगलबार राति अबेर संशोधन प्रस्ताव दर्ता भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...