Loading...

सर्वोच्चले कार्कीबिरुद्ध परेको मुद्दाको सुनुवाईका लागि इजलास तोक्यो

काठमाण्डौ , मंसिर १६ ।

सर्वोच्च अदालतले अख्तियारका निलम्बित प्रमुख आयुत्त लोकमानसिंह कार्की विरुद्धका आधा दर्जन मुद्दाको सुनुवाईका लागि इजलास तोकेको छ ।

न्यायाधीसहरु जगदीश शर्मा पौडेल, इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासमा कार्कीबिरुद्ध दर्ता भएका मुद्धामा आज सुनुवाई हुने छ ।
लोकमानको योग्यता, उहा विरुद्धको अन्तरिम आदेश माग, अदालतको अवहेलना र उनका समर्थकले अदालतको म्याद तामेलीमा गरेको अवरोध लगायतका मुद्दाहरु सूचिमा छन् ।

आजै तारेखका लागि कार्की पनि सर्वोच्च अदालतमा आफैं अपस्थित हुनुपर्ने छ । न्यायालयको सम्पुर्ण कामकारबाही र प्रक्रिया नै प्रभावित पार्ने प्रयास गरेको भन्दै कार्कीमाथी न्यायिक निलम्बन र सम्पुर्ण सुविधा खोस्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।

म्याद तामेलीमा अवरोध गरेको आरोपमा सर्वोच्च प्रशासनले नै पेस गरेको प्रतिवेदनका आधारमा काठमाण्डौ महानगरपालिका वडा नम्बर १० की सचिव सरिता राई, नासु भेषराज अर्याल र सर्वोच्च अदालतका तामेल्दार शम्भु खत्रीमाथि पनि कारबाहीको प्रस्ताव गरिएको छ ।

त्यसबाहेक कार्कीसहित ४ जनाविरुद्ध म्याद तामेलीमा गरेको अवरोध र लोकमान तथा कृषि विकास बैंकका अध्यक्ष प्रमोद कार्कीले वारेस राख्न दिएको निवेदन पनि साप्ताहिक पेसी सुचीमा छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...