Loading...

डा केसीको माग संबोधनका लागि आज पनि सरकारी पक्षसँग वार्ताको प्रयास हुदै

काठमान्डौ मंसिर १६ ।
वरिष्ठ चिकित्सक डा गोविन्द केसीको माग सम्बोधनका लागि गठन भएको सरकारी वार्ता टोली र डा केसीका प्रतिनीधि विच आज पाँचौ दिन पनि वार्ता हुदै छ ।

यद्यपी वार्ता गर्ने भनिए पनि समय भने तय भइ नसकेको बताइएको छ । वरिष्ठताका आधारमा डिन नियुक्ति हुनु पर्ने र त्रिवि उपकुलपति तीर्थ खनियालाई बर्खास्त गर्नु पर्ने मागमा कुरा नमिल्दा यस अघि भएको वार्ता पनि विना निष्कर्ष टुङगिएको थियो ।

चिकित्सा शिक्षा र सेवामा सुधारको विभिन्न माग राख्दै अनसन बस्नु भएका डा केसीको जीवन रक्षाको लागि सरकारी चिकित्सक संघले आज १ घण्टा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल महारजगन्जका आवासीय चिकित्सकले हिजो देखि आकस्मिक सेवा बाहेक अन्य सेवा बहिष्कार गरेका छन् । डा केसीको माग पुरा गराउन सरकारलाई दवाव दिने उद्देश्य स्वरुप आवासीय चिकित्सकहरुले विभिन्न चरणमा आन्दोलन गर्दै आइरहेका छन् ।

१९ औ दिन देखि दशौं पटक अनशनमा बस्नु भएका डा केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...